१५ लाख फिरौती माग्ने तीनजना पक्राउ

पालिका डायरी
४ माघ २०८०, १३:३७
१५ लाख फिरौती माग्ने तीनजना पक्राउ

ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् ।

प्रहरीले चितवनको भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, भरतपुर–१ का २६ वर्षीय दीपक विक र भरतपुर–२६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।

रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएको उनीहरूमाथि आरोप छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार, उनीहरूविरुद्ध आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया