हेटौंडामा तीनदिन फूर्वा बज्रकिलाया, आर्य अपारमिता पूजा हुने

पालिका डायरी
३ माघ २०८०, २०:४८
हेटौंडामा तीनदिन फूर्वा बज्रकिलाया, आर्य अपारमिता पूजा हुने

हेटौंडा / आउँदो माघ १४ गतेदेखि १६ गतेसम्म हेटौंडा–२ स्वयम्भु डाँडाँमा फूर्वा (बज्रकिलाया) पूजा, आर्य अपारमिता पूजा र धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । बौद्ध माणि समिति टाशी हिशे गुम्बाको आयोजनामा ३ दिवसीय शान्ति पूजाको आयोजना गरिन लागिएको आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

धर्मगुरु दार्जे गुरु ज्यामयाङ् कुश्याब् रिन्पोन्छेद्वारा हुने पुजा तथा प्रवचन कार्यक्रमलाई प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने जनाईको छ ।

देश विदेशबाट करिब ५ हजार धर्मावलम्बीहरु उपस्थित हुने अनुमान गरिएको उक्त शान्ति पूजामा लगभग १० लाख रुपैँया खर्च हुने अनुमान गरिएको टाशी हिशे गुम्बा विकास समितिका सचिव विकास लामाले जानकारी दिए । साथै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले पुजाको अन्तिम दिन १६ गते पूजा समापनमा सहभागी जनाउने लामाले बताए ।

पत्रकार सम्मेलनमा टाशी हिशे गुम्बा विकास समितिका अध्यक्ष कालु घलान, सचिव विकास लामा, गुम्बाका गुरु लोपोन लोब्साङ दोर्जे, प्रचारप्रसार समितिका संयोजक तेम्जोङ लामा, स्वयमसेवक उपसमितिका संयोजक दिनेश वाईवा लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया