लागुऔषधसहित रिक्सा चालक पक्राउ

पालिका डायरी
३ माघ २०८०, १६:४५
लागुऔषधसहित रिक्सा चालक पक्राउ

वीरगन्जमा प्रहरीले ठूलो परिमाणामा लागुऔषधसहित एकजना रिक्सा चालकलाई पक्राउ गरेको छ ।

लागुओैषधसहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने ५० वर्षीय बब्लुलाल कर्ण रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर पानीटंकीस्थित सडक चेकजाँच गर्ने क्रममा रिक्सामा पहेलो रंगको झोलामा लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी  १५ सय एम्पुलसहित चालक कर्ण पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

लागुऔषधसहित पक्राउ परेका कर्णलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए

प्रतिक्रिया