सुनचाँदीको मूल्य घट्यो

पालिका डायरी
२ माघ २०८०, १२:०८
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्र्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया