ट्याक्सी र कार ठोक्किँदा १० जना घाइते

पालिका डायरी
२ माघ २०८०, ११:०४
accident palika

काभ्रेको रोशीमा कार र ट्याक्सी आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

सोमबार साँझ रोशी गाउँपालिका- ८ स्थित बीपी राजमार्गमा काठमाडौँबाट मंगलटारतर्फ जाँदै गरेको बीएबी २९२५ नम्बरको कारलाई सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ज ३९४३ नम्बरको ट्याक्सीले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा कारमा सबार ४ र ट्याक्सीमा सबार ६ गरी १० जना घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बाँकी ८ जना घाइते उपचारपछि घर फर्किएका प्रहरीले जनाकारी दिएका छन् ।

प्रतिक्रिया