हेटौंडामा भाईले आफ्नै सहोदर दाजुलाई पेट्रोल छर्केर आगो लगाए
हेटौंडा / हेटौंडामा भाईले आफ्नै सहोदर दाजुलाई पेट्रोल छर्केर आगो लगाएका छन्।
शनिबार दिउँसो हेटौडा–४ चिल्ड्रेन पार्क गर्दोही बस्ने अन्दाजी ३२ वर्षका कुमार गिरीलाई उनको सहोदर भाई २८ वर्षका रबि गिरीले पेट्रोल छर्की आगो लगाएका हुन्। मादक पदार्थ सेवन गरि विवाद गर्दा गिरीले आफ्नै दाजुको शरिरमा पेट्रोल छर्की आगो लगाएको मकवानपुर प्रहरीले जनाएको छ ।
आगोले जलेर गम्भीर घाइते गिरीलाई उपचारको लागि हेटौडा अस्पताल लगिएकोमा हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको जनाइएको छ। आगो लगाउने रवि गिरीलाई वडा प्रहरीले नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
प्रतिक्रिया


