फरार राई कतारमा पक्राउ, आज नेपाल ल्याइयो

पालिका डायरी
२५ पुष २०८०, २०:०१
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी किरण राई पक्राउ परेका छन्।

खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ ठेगाना भएका १९ वर्षीय राई रेड नोटिस जारी भएको पाँच दिनभित्रै पक्राउ परेका हुन्।एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनका लागि आज नेपाल फिर्ता ल्याइएको छ।

राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल सचिवालयबाट यही पुस २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया