जीप दुर्घटनामा एकको मृत्यु, १२ जनाको उद्धार

पालिका डायरी
२५ पुष २०८०, १६:०९
accident palika

तनहुँको भीमाद नगरपालिकाको मिर्छुलुङमा भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ।

बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा घाइते १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी मोहनबहादुर खाँणले बताए।

डीएसपी खाँणका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ। पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको यात्रुवहाक जीप दुर्घटनामा बिहान साढे ९ बजे दुर्घटना भएको हो। ग १ ज ७५३४ नम्बरको जीप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो।

जीपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको हो। थप उपचारका लागि ३ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया