बागमती गाउँपालिकाकाे वडा सदस्य माथि आक्रमण गर्ने १० जना पक्राउ 

पालिका डायरी
२४ पुष २०८०, १८:१२
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

हेटौंडा / मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ३ का वडा सदस्य रतन बहादुर बज्यु माथि हातपात गरेको आरोपमा काभ्रेको २ जना सहित १० जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूलाई सोही स्थानबाट गत पौष १९ गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नं. २ बस्ने केशव लामा र विशाल लामा रहेका छन् । बागमती गाउँपालिका वडा नं. ३ सल्लेनी बस्ने सुजन भोम्जन लामा, विजय लामा, प्रदिप लामा, त्यस्तै  बागमती गाउँपालिका झुरझुरे बस्ने सुदीप गोले र छत्र वाइबा रहेका छन् । त्यस्तै काभ्रे जिल्ला रोसी गाउँपालिका वडा नं. १० बस्ने जित लामा र नमोबुद्ध नगरपालिका वडा नं. ५ का नानीबाबु लामा रहेका छन् भने सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका–६ बस्ने वर्ष छवि तामाङ रहेका छन् ।

प्रहरीका अनुसार मकवानपुर बागमती गाउँपालिका वडा नं. ३ सल्लेनी स्थित सहिद अर्जुन सामुदायिक वनमा पौष १८ गते बेलुका ७ बजेको समयमा काठको गोलाई लोड गरिरहेको अवस्थामा उक्त स्थानमा अनुगमन गर्ने क्रममा वडा सदस्य माथि आक्रमण गरेको थियो ।

गुन्डागर्दी शैलीमा आएर सुजन भोम्जनले आफू बौद्धको सिबिआई प्रहरी हुँ भनी चन्दा मागेका थिए । वडा सदस्य बज्यूले चन्दा केको लागि भनेर सोध्दा उनीहरूले अश्लिल शब्दहरू प्रयोग गरी कुटपिट, हातपात तथा अभद्र व्यवहार गरी हातहतियार देखाई धम्की दिएको जनाएको छ । आक्रमणबाट वडा सदस्य बज्यूको अनुहार लगायत शरीरको विभिन्न भागमा चोट पटक, निलडाम समेत लागेको थियो ।

प्रतिक्रिया