मनहरीमा समाजवादी, माओवादी र कांग्रेसबाट २२ जना एमाले प्रवेश

पालिका डायरी
२२ पुष २०८०, २०:४८

मकवानपुरको मनहरी स्थित सुनाचुरिमा एकीकृत समाजवादी, माओवादी केन्द्र एवम् नेपाली काँग्रेस परित्याग गरि २२ जना नेकपा (एमाले) प्रवेश गरेका छन् । आज भएको एमाले ६ नम्बर वडा कमिटीको विस्तारित बैठकमा नवप्रबेशिलाई एमाले पोलिटव्युरो सदस्य देवी ज्ञवाली र एमाले सचेतक महेश वर्तौलाले टीका र खादा लगाएर स्वागत गर्नु भएको हो ।

नेकपा (एमाले) मनहरी गाउँपालिका कमिटीका अध्यक्ष नवीन सुवेदीले विस्तारित बैठकमा एकीकृत समाजवादी मनहरीका सचिवालय सदस्य गोरखनाथ श्रेष्ठको नेतृत्वमा ६ नम्बर वडा कमिटीको अध्यक्ष एवम् सचीव सहित सिंगो वडा कमिटी एमालेमा फर्किनु भएको जानकारी गराउनु भएको छ । अध्यक्ष सुवेदिले उक्त कार्यक्रममै नेपाली काँग्रेसको नेता फुलमाया जिम्बा, एकीकृत माओवादीको नेता कार्यकर्ताहरु गरि २२ जना साथीहरु एमालेमा प्रवेश गर्नु भएको जानकारी गराउनु भएको हो । सुवेदीले नवप्रबेशीहरुलाई बधाई व्यक्त गर्दै अबको वर्ग संघर्षको लडाई संगै लड्ने र समाजवादको यात्रामा संगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एमाले प्रवेश गर्दै समाजवादीका नेता गोरखनाथ श्रेष्ठले आफुहरु घर झगडामा घर छाडेर गएको र यस्ले विकास विरोधी दक्षिणपंथी प्रतिकृयावादीहरुलाई फाइदा पुगेकोले आफुहरु एमालेमा फर्किएको वताउनुभयो ।

आजको विस्तारित बैठकमा एमाले मकवानपुरका नेताहरु बिरेन डिसि, लक्ष्मण उप्रेती लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
received_343864991832897