पार्टीको कारणले चुनाव जिते शिर निहुराउने काम गर्दिन : अध्यक्ष लामा 

राम कुमार दानी
२२ पुष २०८०, १४:१५
पार्टीको कारणले चुनाव जिते शिर निहुराउने काम गर्दिन : अध्यक्ष लामा 

हेटौंडा / नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीको बैठक शनिबार भीमफेदी गाउँपालिका वडा नम्बर दुईको भैसेमा सम्पन्न भएको छ । 

पार्टीको केन्द्रिय सर्कुलर अनुसार शनिबार पार्टीको बैठक सम्पन्न भएको हो । बैठकमा नेकपा एमाले जिल्ला कमिटी उपसचिव तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफूले चुनाव जितेर आएपछि गाउँपालिकामा भ्रष्टाचारको अन्त्य हुँदै गएको बताए । उनले आफूले अत्याधिक काम गर्दापनि जनताको चित्त बुझाउन नसकेको दुखेसो पोखे । लामाले आफू भीमफेदीमा निर्वाचित भएर आएपछि सबै वडाहरूमा विकासले फड्को मारेको तर हामिले गरेको भन्ने आँट पार्टी कमिटीले लिन नसकेकोमा दुख ब्यत्त गरे । 

लामाले आफ्नै कार्यकालमा भीमफेदी बजारमा १५ बेडको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको बताए । यस्तै गाउँपालिकाको जनतालाई कृषिमा आत्मनिर्भर बनाउन बिभिन्न खाले कृषि औजारहरू अनुदान वापत वितरण गरिरहेको र गाउँपालिकाको किसानलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले रैथाने बाली कोदो, फापर उत्पादन गर्ने किसानलाई उत्पादनमा आधारित नगद अनुदानको ब्यवस्था गरेको अनुदान वापत एउटा किसानले नगद २८ हजार सम्म अनुदान पाएको बताए । यस्तै किसानले उत्पादन गरेको कोदो र फापरको बिक्री मूल्य गाउँपालिकाले तोकेको छ । उत्पादन भएको कोदो फापर नबिके गाउँपालिकाले तोकेको मूल्यमा सहकारी मार्फत किसानसँग खरिद गर्ने पनि अध्यक्ष लामाले बताए  लामाले भीमफेदी गाउँपालिकामा आगामी वर्ष अझ कृषि क्षेत्रलार्इ  समेटी किसानको आर्थिक वृद्धि गराउन गाउँपालिका लाग्ने लामाको भनाई छ ।

यस्तै अनौपचारिक क्षेत्रको श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जान सुरु गरिएको पनि बताए । अध्यक्ष लामाले शिक्षामा सुधार गर्दै सम्भव भएको विद्यालयहरूमा बसको ब्यवस्था गरिएको बताए । आफूले पहिलो कार्यकालमा राम्रो काम गरेकै कारण दोस्रो कार्यकालको लागि पनि जनताले मत जाहेर गरेकोले सँधै जनताको हितमा काम गर्ने बताए । लामाले आफू निर्वाचित भएर आउँदा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय काम भएको बताए । 

कार्यक्रममा नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा  प्रदेश कमिटी सदस्यहरू बलराम बल, भगवती पुडासैनी, प्रदेश सल्लाहकार समिति सदस्य ठाकुरराम खड्का जिल्ला कमिटी उपसचिव तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा जिल्ला  कमिटीको सदस्य र गाउँकमिटीका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । 

प्रतिक्रिया