बागमती प्रदेशका ४ सिटका लागि माओवादीबाट ३७ नाम सिफारिस

पालिका डायरी
२२ पुष २०८०, ११:३९
बागमती प्रदेशका ४ सिटका लागि माओवादीबाट ३७ नाम सिफारिस

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले ३७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

आउँदो माघ ११ हुने राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा चार सिटका लागि मतदान हुँदै छ। जसका लागि माओवादी बागमती प्रदेश कमिटीले प्रभावशाली नेताहरु हितमान शाक्य, देवी खड्कादेखि हिमाल शर्मासहित ३७ जनाको नाम सिफारिस गरेर पार्टी केन्द्रमा पठाएको हो।

जसमा काठमाडाैँका मात्रै १२ जना छन्। उनीहरुमा ईश्वरीप्रसाद भट्टराई, कुमार पौडेल, दिलीप महर्जन, नन्दकुमार प्रसाईं, परशुराम तामाङ, मुक्तिनारायण प्रधान, हितमान शाक्य, हिमाल शर्मा छन्। यस्तै काठमाडाैँबाटै दलिततर्फ अमरबहादुर विक र शंखर दुलाल छन् भने महिलातर्फ कौशर शाह र रुपा महर्जन श्रेष्ठ छन्।

यस्तै अन्य जिल्लाबाट काभ्रेका कृष्ण अधिकारी र दिनानाथ गौतम, रामेछापका डिल्लीराम तामाङ, भक्तपुरका दिलीप प्रजापति, रापेछापका धावा लामा, भक्तपुरका प्रेम ढकाल, सिन्धुपाल्चोकका प्रेमप्रसाद सापकोटा सिफारिस भएका छन्। यस्तै सिन्धुलीका रसबहादुर कार्की, धादिङका रामबहादुर भण्डारी, चितवनका सूर्यप्रसाद सुवेदीको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए।

यस्तै महिलातर्फ काठमाडाैँबाहेक दोलखाकी देवी खड्का, चितवनकी निशा शर्मा, नुवाकोटकी मीना पाख्रिन (बिमा), नुवाकोटकै राममाया बोगटी, रापेछापकी लक्ष्मी गुरुङ, मकवानपुरकी लक्ष्मी गोले र चितवनकी संगीता भट्टराई रेग्मीको नाम सिफारिस भएका छन्। यस्तै, दलिततर्फ ६ जनाको नाम सिफारिस गरेर पठाइएको अध्यक्ष पौडेलले जानकारी दिए। जसमा काठमाडाैँका २ जनाबाहेक रामेछापका केशरकुमार कालिकोटे, चितवनका खेम दर्जी, सिन्धुलीका विनोद विक र नुवाकोटका शिव खातीको नाम सिफारिस गरिएको छ।

यस्तै अपांग तथा अशक्ततर्फ ४ जनाको नाम सिफारिस गरिएको छ। जसमा रामेछापका भक्तबहादुर थापा र शंकर बोहरा, काभ्रेका भोला अर्याल र सिन्धुपाल्चोकका टीकाराम पराजुलीको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र बागमतीका अध्यक्ष पौडेलले जानकारी दिए।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ। तीमध्ये १९ जना सदस्य चयनका लागि माघ ११ गते चुनाव गरिने भएको हो। एकजना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया