सामाजिक विकास मन्त्री मोक्तानद्वारा सिमलटारको सडक शिलान्यास

हेटौंडा / हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा स्थित सिमलटारको थाहाचोक देखि त्रिवेणी चोकसम्मको सडक स्ल्याब ढलानको शिलान्यास शनिबार सामाजिक विकास मन्त्री कुमारी मोक्तानद्वारा गरिएको छ।
बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण कार्यालय बागमती प्रदेश हेटौंडा मकवानपुरको रु १९ लाख २० हजार र २ लाख ९० रुपैयाँ उपभोक्ता समितिको लागतमा स्ल्याप ढलान निर्माण हुने भएको हो।स्ल्याब ढलानको शिलान्यास बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री मुक्तानले गर्नुभएको हो।
कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य द्वय विकास नेपाल र संजय बिडारी समाजसेवी तथा बुद्धिजीवी कमलचन्द्र सुमन लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रम स्ल्याब ढलान उपभोक्ता समितिका अध्यक्ष टङ्कबहादुर गुरुङको सभाध्यक्षतामा भएको हो।
प्रतिक्रिया