हेटौंडा ११ मा सिमलटार सहयोग समिति गठन

पालिका डायरी
२१ पुष २०८०, १७:३१

हेटौंडा / हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा स्थित सिमलटारमा सिमलटार सहयोग समिति गठन गरिएको छ।

भीमबहादुर बिडारीको संयोजकत्वमा १७ सदस्य कार्यसमिति निर्माण गरिएको छ । समितिको उपाध्यक्षमा विष्णु आचार्य सचिवमा दिलमाया रुम्बा सहसचिवमा जोशन योन्जन कोषाध्यक्षमा प्रभाकर पुडासैनी लगायतका चयन भएका छन् ।

टोलबासीहरूमा भैपरि आउँदाको समयमा सक्दो सहयोग पुर्याउने उद्देश्यले समिति बनाइएको हो। अहिलेलाई यो तदर्श समिति बनेको हो र आधिकारिक रुपमा दर्ता गरी नियमपूर्वक कार्य गर्दै जाने समितिका कोषाध्यक्ष प्रभाकर पुडासैनीले बताए । लगभग २००० घरधुरी रहेको सिमलटार टोल विकास संस्था नेपालकै ठूलो टोल विकास संस्था भएको जनाईएको छ ।

प्रतिक्रिया