राष्ट्रियसभा निर्वाचनमा एकीकृत समाजवादीले माग्यो पाँच सिट

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनमा ५ सिटमा अडान राखेको छ। त्यसको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललगायतलाई अधिकार दिइएको छ।
पार्टी कार्यालय आलोकनगरमा शनिबार बसको नेकपा समाजवादीको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीले पाउने सिट संख्या, प्रदेश र क्लष्टरको निर्णय गर्ने अधिकार अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनसँग एमालेको सहकार्यको ढोका बन्द भएको र प्रतिपक्षीकै रूपमा बस्नुपर्ने बताए।
प्रतिक्रिया