हेटौंडामा भिरबाट लडेर एक जनाको मृत्यु

पालिका डायरी
१७ पुष २०८०, १६:४७
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका वडा नं.१२ पदमपोखरी बस्ने ५५ बर्षीय कृष्ण बहादुर थापा मगर घरेटीडाडास्थित भीरमा लडेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । थापा दुई दिनदेखि सम्पर्कविहिन रहेका थिए ।

प्रहरीका अनुसार उनी गएको आइतबार रातिदेखि आफ्नो घरपरिवारबाट सम्पर्कविहिन भएका थिए । खोजतलाश गर्दै जाने क्रममा सोही वडाको घरेटीडाँडाको भीरबाट करिब २०० मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया