मेयर शाहले गरे सचिवालय प्रमुखसहित तीन कर्मचारी निलम्बन

पालिका डायरी
१७ पुष २०८०, १६:०९
आफूले गरेको काममा संघ र प्रदेश सरकारले अवरोध गरेको मेयर साहको गुनासो file photo

काठमाडौँ महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ। कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी निर्णय गरेको पाइएपछि महानगरपालिकाले तीनजना कर्मचारीलाई निलम्बन गरेको हो।

मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन परेका हुन्।

नगरसभाको २३ औँ बैठकमा भएको निर्णय उल्ट्याएको पाइएपछि तीन कर्मचारी निलम्बनमा परेको मेयर शाहको सचिवालय स्रोतले जानकारी दियो छ।

‘नगरसभाको निर्णय नै परिवर्तन गरिदिनुभयो। यो त अक्षम्य निर्णय हो,’ स्रोतले भन्यो, ‘मेयर साब‘ले छानबिन पछि उहाँहरूलाई निलम्बनको निर्णय लिनुभएको हो।’ निलम्बनमा परेसँगै हिजो (सोमबार) महानगरमा आयोजित स्वास्थ्यको कार्यक्रम पनि शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले चलाएका थिए।

 

प्रतिक्रिया