एनएसएल फाइनल : धनगढीविरुद्ध ललितपुर ३–१ ले अघि
नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल जारी छ।
दोस्रो हाफको खेल जारी रहँदा ललितपुर सिटी एफसीले अग्रता बनाएको छ। ५८ औं मिनेटमा इमो एजिकिलेको गोलमा ललितपुर ३–१ को अवस्थामा आयो।
ललितपुरका दिनेश हेन्जनको क्रस धनगडीका डिफेन्डर रिचर्ड अोसेले क्लीयर गरेको बल ललितपुरका पापा केबेको अनुहारमा लाग्दै फर्केको बललाई इमोले बाइसाइकल गोल गर्दै पोष्टको जाली चुमाए। ५३ औं मिनेटमा आशिष चौधरीको क्रसमा हिजाजीको प्रहार ललितपुरका गोलरक्षकले सहजै बचाए।
५० औं मिनेटमा धनगढीविरुद्ध ललितपुरले अग्रता दोब्बर पार्यो। सेसेहाङ आङदेम्बेको लामो पासमा आदित्य शाक्यको क्रसमा दिनेश हेन्जनले उत्कृष्ट गोल गर्दै ललितपुरलाई २–१ को अवस्थामा ल्याए।
४६ औं मिनेटमा आदित्य शाक्यको क्रसमा अनिल महर्जनको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा ललितपुरले अग्रता बनाउने मौका गुमायो। पहिलो हाफमो इन्ज्युरी समयको अन्तिम मिनेटमा ललितपुर खेलमा फर्किएको हो। इमो इजेकीको फ्रिकीक सिधै गोलमा परिणत भएपछि ललितपुर बराबरीमा आएको हो।
त्यसअघि खेलको ३८ औं मिनेटमा ललितपुरविरुद्ध धनगढीले सुरुआती अग्रता बनायो। आदित्य चौधरीको लामो प्रहार अहमद हिजाजीले नियन्त्रणमा लिदै गरेको प्रहार ललितपुरका गोलरक्षक जेफ्री विली मार्सेलले नियन्त्रणमा लिन नसकेको बललाई अफिज ओलावालेले पोष्टको दिशा दिए।
३५ औं मिनेटमा दिनेश हेन्जनको फ्रिकीक सेकेण्डबारको नजिकबाट बाहिरिँदा ललितपुरले अग्रता बनाउने मौका गुमायो। १७ औं मिनेटमा ललितपुरका आदित्य शाक्यको क्रसमा पापाको प्रहार गोलरक्षक मोहम्मद ताहाले क्लीयर गरे त्यसकै रिबाउण्डमा इमोले बललाई पोष्टको जाली चुमाएपनि रेफ्रिीले त्यसअघि नै फाउल दिइसकेका थिए। १६ औं मिनेटमा धनगढीका अहमद हिजाजीले अघि बढाएको बललाई पेनाल्टी एरियाबाट ललितपुरका डिफेन्डरले क्लीयर गरे। १३ औं मिनेटमा कमल श्रेष्ठको कर्नर सिधै ललितपुरका गोलरक्षक जेफ्रि विली मार्सेलको हातमा पुग्यो।