उद्योगी व्यवसायीको हितमा प्रदेश सरकार छ : उद्योग मन्त्री चित्रकार

पालिका डायरी
३ पुष २०८०, २१:३०

हेटौंडा / बागमती प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले दोलखाका उद्योगी तथा व्यवसायीहरु सँग अन्तरक्रिया गर्नुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय दोलखाको आयोजनामा आज भएको कार्यक्रममा उद्योग मन्त्री चित्रकारले उद्योगीहरुको समस्या र समाधानको बिषयमा छलफल गर्नु भएको हो ।

उद्योगी तथा व्यवसायीको समस्या समाधानका लागि प्रदेश सरकारले योजना बनाएरै काम गर्ने मन्त्री चित्रकारले बताउनुभयो ।
मन्त्री चित्रकारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, मैलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ, जिल्ला उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष दिनेश श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया