जुनेटीक रोग नियन्त्रणको बिषयमा सचेतना कार्यक्रम सम्पन्न

पालिका डायरी
२९ मंसिर २०८०, १८:०३
जुनेटीक रोग नियन्त्रणको बिषयमा सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा / पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको आयोजनामा जुनेटीक रोग नियन्त्रणका लागि वन हेल्थ अप्रोज सम्वन्धी सचेतना कार्यक्रम आज हेटौंडामा भएको छ ।

मान्छेबाट पशुपन्छीमा र पशुपन्छीबाट मान्छेमा सर्ने यो रोगको बारेमा सचेतना फैलाउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । जुनोटीक रोगको बारेमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयकी पशु विकास अधिकृत सबिना मिश्रले प्रस्तुतीकरण प्रस्तुत गरेकी थिइन्।

यस्तै, जुनोटीक रोगको प्रभाव र त्यसको नियन्त्रणका लागि कस्ता उपाय अपनाउने भन्ने बारेमा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका फार्मेसी अधिकृत प्रकाश दुललाले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुले यस्ता रोग नियन्त्रणका लागि सबै क्षेत्रबाट लाग्नका लागि कार्यक्रमका सहभागिहरुले सुझाब दिए ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डाक्टर गौरीमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका भरत बिडारी, कृषि विकास निर्देशनालय हेटौंडाका प्रमुख सुधिर श्रेष्ठ, स्वास्थ्य निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डाक्टर नविन दर्नाल, भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र चितवनका शुशील केसी लगायत बागमती प्रदेशका विभिन्न जिल्लाका पशुपालक किसानहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया