प्रिओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढ्यो

आजको प्रिओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढेको छ ।
प्रिओपन सेसनमा १५६ वटा कम्पनीको कारोबार भएकोमा २ वटा बाहेक अरु सबै कम्पनीको मूल्य बढेको छ। आजको प्रिओपन सेसनमा धेरै मूल्य बढ्ने कम्पनीहरुमा अधिकांश लघुवित्त कम्पनी रहेका छन् ।
हिजो९आइतबार० नेप्से परिसूचकको नियमित कारोबार समय ९ मिनेटभन्दा बढी भएको थिएन । लगातार सर्किटमाथि सर्किट लागेपछि हिजो नेप्सेको अरु अवधिको कारोबार स्थगित गर्नुपरेको थियो ।
लगानीकर्ताहरुले आजको कारोबारमा पनि उछाल आउने अड्कलबाजी गरिरहेका छन् । सबैको चासो आजको बजारमा छ ।

प्रतिक्रिया