सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजो एक लाख १८ हजार चार सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार चार सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया