प्रदीप खड्काको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा

पालिका डायरी
१२ मंसिर २०८०, १५:४८

अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो निर्माणको घोषणा भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो ।

टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ । पोस्टरमा भने प्रदीप र बाघको तस्बिर राखिएको छ ।

हिन्दीको अलावा दक्षिण भारतीय भाषाहरूमा समेत डबिङ हुने फिल्म जीवन थापाले निर्देशन गर्न लागेका हुन् । सुवास काले, रञ्जनकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माणमा फिल्म बन्न लागेको हो । फिल्म २०२४ मा रिलिज हुनेछ ।

प्रतिक्रिया