सुनको मुल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा साताको दोस्रो कारोबार दिन दिन सोमबार सुनको भाउ बढेको छ ।
आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया