बागमती प्रदेशका १० जिल्लामा चार्डपर्बको समयमा १५६ वटा दुर्घटना, २३ जनाको मृत्यु
हेटौंडा / बागमती प्रदेशका १० जिल्लामा दशैको सुरुवात देखि तिहार अवधिभरको चार्डपर्बको समयमा १५६ वटा दुर्घटना भएका छन् । दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । चार्डपर्ब लक्षित सुरक्षा योजना लागू गर्दाको समयमा यतीका धेरै दुर्घटना भएका हुन् । यो अवधिमा दुर्घटनामा परी ३५१ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
यसैगरी नियम विपरित सवारी चलाउने ५९ हजार ७३२ वटा सवारीका साधनलाई कार्बाही पनि गरिएको छ । १० जिल्लाको सवारी कार्बाहीबाट ४ करोड ८८ लाख ५९ हजार ५०० सय रुपैयाँ जरिवाना रकम संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया