ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ, २ लाख नगद बरामद
file photo
प्रहरीले ललितपुरको गोदावरीबाट जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट दुई लाख सात हजार रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले गोदावरी-१० स्थित टुकनाथ घिमिरेको घरबाट घिमिरेसहित आठ जनालाई पक्राउ गरेका जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा घर मुली घिमिरे, ललितपुरको बागमती गाउँपालिका- १ का नारायण गौतम, गदावरी- १० का निराजन न्यौपाने, सोही ठाउँका श्याम महर्जन, ललितपुरको कोञ्ज्योसोम गाउँपालिका- २ शंखुका उद्धब बजगाईं, बागमती- ५ का पासाङ स्याङतान, सोही ठाउँका माधव घिमिरे र रमेश तिमल्सिना छन्।
ठूलो रकम हारजित हुनेगरी जुवातास खेलेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए।



