लगातार उकालो लागिरहेको सुनको मूल्य आज घट्यो

नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य आज सोमबार पाँच सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको हो ।
गत आइतबार सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया