जेलमा रहेकी इरानी अधिकारकर्मीले पाइन् नोबेल शान्ति पुरस्कार

पालिका डायरी
१९ आश्विन २०८०, १६:२८
जेलमा रहेकी इरानी अधिकारकर्मीले पाइन् नोबेल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीले पाउने भएकी छन् ।

नोबल पुरस्कार समितिले महिलाको स्वतन्त्रता रक्षामा विशेष योगदान गरेको भन्दै नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘इरानमा महिलाको शोषणविरुद्धको संघर्ष र सबैका लागिमानवअधिकार प्रबर्द्धनमाउनले गरेको लडाइँका लागि’ उनलाई पुरस्कृत गरिएको नोबेल कमिटीले भनेको छ ।

राज्यविरुद्ध प्रचार गरेको लगायतका विभिन्न आरोपमा १२ वर्षको सजाय दिइएकी उनी अहिले तेहरानको एभिन जेलमा छिन् र उनी सन् २००३ मा नोबेल पुरस्कार जितेकी सिरिन एबादी नेतृत्वको डिफेन्डर्स अफह्युमन राइट्स सेन्टरकी उपाध्यक्ष पनि हुन् ।

नोबेल शान्ति पुरस्कारको १२२ वर्षको इतिहासमा यो पुरस्कार जित्ने उनी १९ औँ महिला हुन् । करिब १० लाख डलर को यो पुरस्कार डिसेम्बर १० मानर्वेको ओस्लोमा वितरण गरिनेछ ।

प्रतिक्रिया
NOBEL-PRIZE-PEACE-MOHAMMADI-_Photo_Reuters_glMYjnSOuX