भाडाको घरबाट नयाँ भवनमा हेटौंडा-१२ नम्बर वडा कार्यालय

पालिका डायरी
१९ आश्विन २०८०, ०९:५७
भाडाको घरबाट नयाँ भवनमा हेटौंडा-१२ नम्बर वडा कार्यालय

हेटौंडा / भाडाको घरमा रहेर जनतालाई सेवा दिँदै आएको १२ नम्बर वडा कार्यालय नयाँ भवनमा सरेको छ । हेटौंडा उपमहानगरपालिकाले एक वर्ष अघि ठेक्का मार्फत निर्माण थालेको भवनको बिहीवार उद्घाटन गरेसँगै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।

भवनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । नवनिर्मित कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख लामाले भवनसँगै जनतालाई दिने सेवामा समस्या नबनाउँन आग्रह गरिन् । उनले उपमहानगरमा भवन निर्माण हुन बाँकी वडाहरूमा पनि भवन निर्माणका लागि बजेट बिनियोजन भएको बताइन् । बिस्तारै नगरका सबै घडाहरू आफ्नै भवनबाट सुविधा दिने अवस्थामा पुग्ने उनको भनाई थियो । उपमहानगर भित्र रहेका जनताहरूलाई सहज सुविधा प्रदान गर्न उपमहानगर लागि पर्ने प्रतिबद्धता जनाइन् ।

पदमपोखरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपलब्ध गराएको २ कठ्ठा जग्गामा भवन निर्माण गरिएका हो । उपमहानगरपालिकाको ७० लाख रुपियाँको लागतमा भवन निर्माण गरिएको १२ नम्बर वडा कार्यलयका सचिव रामलाल थिङले बताए ।

भवन उद्घाटन कार्यक्रममा १२ नम्बर वडाका सदस्य रुक्मिनी गोङ्बा, उपमहानगरपालिकाका शहरी तथा पूर्वाधार महाशाखाका प्रमुख सत्यनारायण शाह, सुनौलो टोल विकास संस्थाका अध्यक्ष महानन्द सापकोटा, पदमपोखरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष टोल प्रसाद दंगाल लगायतले मन्तव्य व्यक्त राखेका थिए । भवन उद्घाटन कार्यक्रम १२ नम्बर वडाका कार्यवाहक अध्यक्ष ज्ञान बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया