उदयपुरमा सीडीओलाई चिठी लेखेर चिकित्सकहरु पुगेनन् अस्पताल

पालिका डायरी
२९ भाद्र २०८०
सीडीओलाई चिठी लेखेर उदयपुरमा चिकित्सकहरु पुगेनन् अस्पताल

जिल्ला अस्पताल उदयपुरका डाक्टरहरूले ओपीडी सेवा अवरुद्ध पारेका छन् । डाक्टरहरूको सुरक्षा माग्दै अस्पतालमा कार्यरत डाक्टरहरूले ओपीडी सेवा अवरुद्ध गरेका हुन् ।

अस्पतालका २० जना डाक्टरले काममा आउन नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको अस्पतालका मेसु ज्ञानेन्द्र झाले बताए । उनले डाक्टरहरू काममा नआएपछि अस्पतालले दिने ओपीडी सेवा अवरुद्ध भएको बताए । अस्पतालमा दैनिक ३५० जना बिरामी उपचारका लागि ओपीडीमा आउने गरेका छन् । अस्पतालमा इमरजेन्सी सेवा भने सुचारु छ ।

मकवानपुरको हेटौंडामा भदौ २७ गते दुई जना डाक्टरलाई कुटपिट गरेको विरोधमा उदयपुरका डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन् । हेटौंडामा डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीका आफन्तले कुटपिट गरेका थिए । सोही घटनालाई लिएर जिल्ला अस्पतालमा कार्यरत डाक्टरहरू सेवा दिन नआएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

सीडीओलाई चिठी लेखेर उदयपुरमा चिकित्सकहरु पुगेनन् अस्पताल

प्रतिक्रिया