सञ्चो अस्पतालमा कार्यरत दुइ डाक्टर माथी कुटपिट

पालिका डायरी
२७ भाद्र २०८०

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत दुइ जना डाक्टर माथी कुटपिट भएको छ । एक महिना अगाडी अस्पतालमा उपचार गर्न लगिएका बिरामीको उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै दुइ जना डाक्टर माथी कुटपिट भएको हो ।

सञ्चो अस्पतालमा कार्यरत डाक्टर बिकास थापा र डाक्टर प्रशान्त बिडारीलाई युवाहरुको समुहले एक्कासी अस्पतालमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

डेङ्गु र स्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको सञ्चो अस्पतालमा उपचार गरिएको र चितवनमा उपचारका क्रममा मृत्यु भएपछी त्यस घटनाको एक महिनापछी डाक्टरमाथी हातपात गरिएको उहाँले बताउनुभयो । यस विषयमा प्रहरीले अनुसंधान गरिरहेको छ ।

प्रतिक्रिया