नयाँ दिल्लीमा जी–२० सम्मेलन सुरु

पालिका डायरी
२३ भाद्र २०८०, १४:४१
नयाँ दिल्लीमा जी–२० सम्मेलन सुरु

भारतको दिल्लीमा आजदेखि जी-२० सम्मेलन सुरु भएको छ ।

सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका छन् । सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन् ।

२० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको वर्तमान र भविष्यका बारेमा छलफल गर्नेछन् । उनले कोरोना महामारीलाई समेत विश्व्ाका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए । साथै उनले जी-२० सम्मेलनमा मोरक्कोमा गएको भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

जी-२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, ज्ापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध रहेका छन् ।

प्रतिक्रिया