भगवती हाइड्रोपावरको आईपीओ सोमवार बाँडफाँट हुने, कतिले पाउलान् शेयर ?

पालिका डायरी
१७ भाद्र २०८०, १२:५६
आईपीओ बिक्री खुला

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भोली (सोमवार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भोली बिहान साढे ९ बजे बाँडफाँट हुनेछ ।

कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई ७ लाख १२ हजार २२० कित्ता शेयर निष्कासन गरेको थियो । अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा १३ लाखभन्दा बढी आवेदन परेको थियो ।

धितोपत्र बाँडफाँट निर्देशिका अनुसार मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत हुनेछ । यस आधारमा ७१ हजार २२२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर पाउनेछन् ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि ट्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति बहाल अवधि २२ वर्ष ५ महिना बाँकी रहेको छ ।

प्रतिक्रिया