गत वर्ष चिलिमेको नाफा करिब ८ प्रतिशत घट्यो

पालिका डायरी
२९ श्रावण २०८०, ११:३०
गत वर्ष चिलिमेको नाफा करिब ८ प्रतिशत घट्यो

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ६९ करोड ४५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म ७५ करोड ४२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष भने ७ दशमलव ९२ प्रतिशत कम खुद नाफा गरेको हो ।

गत वर्ष कम्पनीको विद्यत विक्री आम्दानी करिब साढे ५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ अर्ब १८ करोड रूपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष भने १ अर्ब १२ करोड रूपैयाँभन्दा बढी मात्र विद्युत विक्रीबाट आम्दानी गरेको हो । वित्तीय आम्दानी भने अघिल्लो वर्षभन्दा करिब १७ प्रतिशत बढी २२ करोड ८० लाख रूपैयाँभन्दा बढी भएको छ ।

७ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार पु¥याएको कम्पनीको रिटेन्ड अर्निग ३ अर्ब ३० करोड रूपैयाँभन्दा बढी रहेको छ  । कम्पनीको कुल चालू दायित्व रकम भने १५ करोड ८६ लाख रूपैयाँभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी ९ रूपैयाँ ४७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४५ रूपैयाँ ४९ पैसा रहेको छ ।

प्रतिक्रिया