मकवानपुरको भैसे–भीमफेदी सडक खुल्यो, कान्तिलोकपथ अबरुद्ध

पालिका डायरी
२३ श्रावण २०८०, ११:३७

हेटौंडा / पहिरोका कारण हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ सडक गएराती देखि अहिले सम्म अबरुद्ध भइरहेको छ । यता हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक खण्ड अन्तरगत भीमफेदीमा अबरुद्ध भएको सडक भने अहिले खुलाइएको छ ।

कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लामराङमा गएराति पहिरो गएकाले सडक अवरुद्ध भएको र अहिले पनि खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले जनपत्रलाई जानकारी दिनुभयो ।

यस्तै, हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक खण्डअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ ज्यालटारमा पहिरो जाँदा गएराती देखि अबरुद्ध हेटौँडा–भैँसे–भिमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्ड भने आज बिहानबाट एकतर्फि रुपमा सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार कान्तिलोकपथ सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको छ । तर, लगातारको पानी परिरहेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया