सुन चाँदीको भाउ आज पनि घट्यो

पालिका डायरी
१९ श्रावण २०८०, १३:२१
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

सुन चाँदीको भाउ आज शुक्रवार पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा एक लाख १२ हजार दुई सय र चाँदी ताेलामा आज एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे बिहीवार पनि सुनकाे ताेलाकाे छ सय र चाँदी ताेलाकाे १५ रुपैयाँले घटेकाे थियाे ।

प्रतिक्रिया