९ अंकले बढ्यो नेप्से, अन्य उपसुचक कस्तो ?

साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्से सूचकांक ९ अंकले बढेको छ । नेप्सेमा सुधार आएपनि कारोबार रकम भने १ अर्बमै सिमित भएको छ ।
बुधबार नेप्से सूचकांक ९.२५ अंकले बढेर २ हजार ८६ को विन्दुृमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ९३ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड २४ लाखको कारोबार भएको छ ।
नेप्सेमा सुधार आएसँगै १० उपसूचकहरुमा हरियाली छाएको छ भने ३ उपसूचकमा रातो पोतिएको छ । आज फाइनान्स उपसूचक सर्वाधिक १.६९ प्रतिशतले बढेको छ । दोस्रोमा होटल तथा पर्यटक उपसूचक १.४० र डेभलपमेन्ट बैंक उपसूचक १.०१ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज माइक्रोफाइनान्स उपसूचक सर्वाधिक ०.२८ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसूचक ०.२४ प्रतिशतले घटेको छ । टे«डिङ उपसूचक भने ०.०६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया