थाहामा मालिस गर्ने तेल सेवन गर्दा पाख्रीनको मृत्यु

हेटौंडा / मालिस गर्ने तेल सेवन गर्दा थाहामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका वडा नं.५ बस्ने अन्दाजी ८२ बर्षीय राजकुमार पाख्रीन रहेको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार पाख्रीनले आफ्नै घरमा मालिस गर्ने तेल सेवन गरी बिरामी भएका थिए । उनको उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि मकवानपुर सहकारी अस्पताल ल्याएकोमा उपचारकै क्रममा भएको प्रहरीले जनाएको छ ।
पाख्रीनले सेवन गरेको मालिस गर्ने तेलको बारेमा प्रहरीले खुलाएको छैन । यस घटनामा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया