पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दिउँसो १ बजेसम्ममा खुलाउने तयारी

पालिका डायरी
१४ श्रावण २०८०, १२:२३
धादिङको रुबीभ्यालीमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता फाइल फाेटाे

पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दिउँसो १ बजेसम्मा खुलाउने तयारी भएको छ ।

बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी नै ठप्प भएको छ । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । दिउँसो १ बजेसम्ममा पहिरो पन्छाएर सडक खुलाउने तयारी भएको कार्यालयले जनाएको छ । पहिरोका कारण यो सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

बाढी पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्डसहित विभिन्न सात सडक अवरुद्ध छन् ।

प्रतिक्रिया