थानकोटबाट चित्लाङ आउँदै गरेको भ्यान दुर्घटना दुई जनाको मृत्यु

हेटौंडा / थानकोटबाट चित्लाङ आउँदै गरेको भ्यान दुर्घटना दुई जनाको मृत्यु भएकाे छ । थानकोटबाट चित्लाङ आउँदै गरेको मारूती भ्यान पानीघाट नजिक भीरबाट खसेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक ( डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।
शुक्रबार मध्यान्ह थानकोट(चित्लाङ सडकअन्तर्गत सेतो पहरा नजिकबाट भ्यान भीरमा खसेको थियो। प्रहरीका अनुसार बा १० च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ भ्यानमा सवार ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।
सो भ्यानमा कपडा बेच्ने समुहका सदस्यहरू सवार रहेको खुलेको छ । गाडि सडकबाट खसेर भीरको बीचमा अड्किएको उनले बताए।
प्रतिक्रिया