राष्ट्रिय परिचय पत्रको त्रुटि सच्याउन ५ सय तिर्नुपर्ने

पालिका डायरी
१० श्रावण २०८०, ११:५७
राष्ट्रिय परिचय पत्रको त्रुटि सच्याउन पैसा तिर्नुपर्ने

हेटौंडा / जिल्ला प्रशासन कार्यालय (जिप्रका)मकवानपुरले राष्ट्रिय परिचय पत्र लिनको लागि आह्वान गरेको छ । मंगलबार प्रशासकीय अधिकृत गुणराज न्यौपानेले एक सुचना जारी गरी जिप्रका मकवानपुरबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएकाहरुलाई परिचयपत्र लिन आउँन आह्वान गरेका हुन् ।

राष्ट्रिय परिचय पत्रको विवरणमा त्रुटि हुन गएमा सच्याउनका लागि ५ सय दस्तुर बुझाउनु पर्ने बताईएको छ । उक्त रकम राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर १०००१००२०००१०००० मा जम्मामा गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ

विवरण दर्ता गराएका व्यक्तिहरु मध्ये आफ्नो मोबाईलको म्यासेज बक्समा म्यासेज प्राप्त गर्ने सेवाग्राहीहरुले परिचयपत्र कार्ड लिन आउदा आफ्नो सक्कल नागरिकता र विवरण दर्ता गर्दा उपलब्ध गराईएको निश्सा सहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा स्वयम उपस्थित हुन जारी सुचना भनिएको छ ।

 

प्रतिक्रिया