बकैयामा श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमान घाइते

पालिका डायरी
१ श्रावण २०८०, १४:५२
banchauro prahar

हेटौंडा / मकवानपुरको बकैया गाउँपालिकामा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमान घाइते भएका छन् ।

आइतबार राति बकैया-३ जलजलेकी ४० वर्षीया सितल थिङले ५६ वर्षीय श्रीमान भरत थिङमाथि बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार आफ्नै घरमा सामान्य झगडा हुँदा सितलले श्रीमानको टाउकोमा बन्चरो प्रहार गर्दा भरतको टाउको र ढाडमा चोट लागेको छ । भरतको अवस्था मध्यम रहेको र उपचारको लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया