साहित्यकार बिर्खे अन्जानलाई सम्मान

२१० औं भानु जयन्तीको अवसरमा पालुङ जेसिजले साहित्यकार लक्ष्मण वर्तौला बिर्खे अन्जानलाई सम्मान गरेको छ।
साहित्यकार वर्तौलालाई थाहा नगरपालिका लाई साहित्यको माध्यमबाट राष्ट्रिय रुपमा चिनाउन सफल भएको भन्दै सम्मानित गरेको पालुङ जेसिजले जनाएको छ।
साहित्यकार अन्जानले मकवानपुरको उत्तरी क्षेत्रमा बसेर नेपाली भाषा,र साहित्यको क्षेत्रमा लामो समयदेखी सक्रिय रहि विशेषतस् समालोचना,मुक्तक ,कविता लेखनमा महत्वपूर्ण योगदान पुर्यायबापत सम्मान गरिएको पालुङ जेसिज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए।
साहित्यकार बिर्खे अन्जानलाइ प्रमुख अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली र पालुङ जेसिजका संस्थापक अध्यक्ष पुर्शोत्तम ढकालले भादगाउँले टोपी,दोसल्ला तथा सम्मानपत्र द्वारा सम्मानित गरेका थिए । थाहाका साहित्यकार बिर्खे अन्जानले यस अगाडि युवा बर्ष मोति पुरस्कार २०७९ र बागमती प्रदेश सरकारले प्रदान गर्ने बिशिस्ट युवा प्रतीभा पुरस्कार २०८० प्राप्त गरिसकेका छन।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बिर्खे अञ्जान मूलतः कवि हुन् ।यसका अतिरिक्त समालोचना र कथा पनि उहाँबाट लेखिदै आएको छ ।
पालुङ जेसिज बर्ष २०२३ का शाखा अध्यक्ष संगम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक अजय कार्की ,उपाध्यक्ष दिपा बल,निवर्तमान अध्यक्ष जयराम खत्री,बर्ष २००३ का राष्ट्रिय उपाध्यक्ष पुरुषोत्तम कार्की ,संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल,पुर्व अध्यक्ष मनोज रायमाझी , मोटिभेसन स्पिकर जय बहादुर मल्ल,सुभारम्भ कृषक समुहका अध्यक्ष बिक्रम बिष्ट लगायतका उपस्थित रहेको थियो ।