चितवनको दासढुंगामा यात्रुबाहक बस दुर्घटना
चितवनमा यात्रुबाहक बस दुर्घटना भएको छ।
कांकडभिट्टाबाट काठमाण्डौतर्फ गईरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित हुँदा भरतपुर–२९ दासढुंगामा दुर्घटना भएको हो।
आज बिहान करिब ५ः२० बजेको समयमा उक्त बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डित नेपालखबरलाई जानकारी दिए। बस रुखमा अड्कदा बसमा सवार चालक सहित ४० जना मध्ये १९ जना घाईते भएको पण्डितले बताए।
घाइतेहरुको उद्धार गरि उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पताल पठाइएको बताइएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पण्डितले बताए।
प्रतिक्रिया

