सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना

पालिका डायरी
२६ असार २०८०, १२:००
सोलुखुम्बुबाट काठमाण्डाैका लागि उडेकाे मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ हेलिकप्टर दुर्घटनामा परेको छ ।

उडेको केही समयमा नै सम्पर्कविहीन भएको नाइन एनए-एमभी कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुकै लामाजुरामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

हेलिकप्टरमा नेपाली क्याप्टेन र ५ जना विदेशी यात्रु सवार थिए । हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक हुन् ।

प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

प्रतिक्रिया