थाहाका तितुङ धादिङकोे थाक्रेबाट पक्राउ

पालिका डायरी
२६ असार २०८०, ११:२९
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं. ७ बस्ने ४० बर्षीय जय बहादुर तितुङ लागुऔषध चेरश सहित पक्राउ परेका छन् ।

धादिङकोे थाक्रे गाउँपालिका वडा नं.२ सिम्ले बजारबाट अन्दाजी ११ किलो लागुऔषध चरेश सहित तितुङलाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार संकास्पद रुपमा तितुङलाई शंका लागेर चेकजाँज गदा उनको साथबाट उक्त चरेश बरामद गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया