थाहाको चालू बर्षको भुक्तानी बन्द,बित्तीय प्रगती ८०.५९ प्रतिशत

थाहा नगरपालिकाले आफ्नो वार्षिक बित्तीय प्रगती सार्वजनिक गर्दै चालू आर्थिक बर्ष २०७९/०८० को भुक्तानी प्रक्रिया बन्द भएको जनाएको छ।
थाहा नगरपालिकाको आर्थिक महाशाखाका लेखा अधिकृत हरी बहादुर खपाङ्गी मगर र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सूचना जारी गर्दै जानकारी दिएको हो।
थाहा नगरपालिकाले चालू आर्थिक बर्ष २०७९/०८० को सम्पुर्ण खर्च तथा भुक्तानी सम्बन्धि लेखाङ्कन कार्यको आइतबार अपरान्ह ४ बजेदेखि बन्द गरिएको जानकारी दिदै चालू आर्थिक बर्षको बित्तीय प्रगती समेत सार्वजनिक गरिएको छ।
चालू खर्च तर्फ ४७ करोड १० लाख ९४ हजार २ सय बहत्तर गरि ९०.२८ प्रतिशत र पुजिगत तर्फ ४७ करोड ५६ लाख ४४ हजार ५ सय रुपैयाँ ७०.९० प्रतिशत गरि कुल ८०.५९ प्रतिशत खर्च भएको जनाएको छ।
प्रतिक्रिया