ऋषेश्वर मोडमा रहेको सार्वजनिक शौचालय पुनः संचालनमा

पालिका डायरी
२४ असार २०८०, १८:४८
ऋषेश्वर मोडमा रहेको सार्वजनिक शौचालय पुनः संचालनमा

थाहा नगरपालिकाको सहयोगमा  दामन बजार व्यवस्थापन समितिले बिगत केही बर्ष  देखि बन्द रहेको प्रख्यात धार्मिक क्षेत्र ऋषेश्वर महादेव मन्दिर जाने सडक पेटिमा रहेको सार्वजनिक शौचालय  पुनः संचालनमा आएको छ।

नगरपालिकाको सहयोगमा पाएको रकमले सो शौचालयलाई पुनः मर्मत गरि संचालनमा ल्याएको दामन बजार व्यवस्थापन समितिका अध्यक्ष सुमन भुजेलले थाहा पाटिलाई जानकारी गराए।

उक्त शौचालय करिब १० वर्ष अघि थाहा  नगरपालिका कै सहयोगमा निर्माण भएको थियो तर उचित व्यवस्थापन नहुदा यसको संचालन र संरक्षणमा समस्या आएको थियो।
शौचालयको ढोकाहरु र पानी ट्यान्कि हराएको थियो भने सौचालय पुरै ब्लक थियो। जिर्ण अवस्थाको शौचालयलाई स्थानीय बजार व्यवस्थापन समितिले पुनः प्रयोगमा ल्याउन मिल्ने गरि मर्मय गरिदिएक छन्  अबका दिनहरुमा दामन बजार व्यवस्थापन समितिको संरक्षणमा उक्त शौचालय संचालनमा आउनेछ र ऋषेश्वर महादेवको दर्शन गर्न आउने तथा भ्रमण गर्न आउनेहरू जो कसैले पनि सशुल्क  रुपमा शौचालयको प्रयोग गर्न पाउनेछन् ।
बिशेष गरि त्यहाँ लाग्ने मेला-पर्वहरुको समयमा स्थानीय एभरेष्ट क्लब,दामन तथा सिमभन्ज्याङ बजार व्यवस्थापन समितिले सहकार्य गर्दै सामाजिक सेवा गर्दै आएको छ।

प्रतिक्रिया