सत्ता पक्ष नै बजेटविरुद्ध उत्रिँदा एमालेका सांसदहरुले टेबल ठोके

पालिका डायरी
२० असार २०८०, १३:०५
सत्ता पक्ष नै बजेटविरुद्ध उत्रिँदा एमालेका सांसदहरुले टेबल ठोके

बागमती प्रदेश सभाको बैठकमा आगामी आर्थिक बर्षको लागि सरकारले ल्याएको बजेटमाथि सत्तापक्षकै सांसदहरुले असन्तुष्टि जनाएका छन्।

बुधबार (आज) चलिरहेको प्रदेश सभा बैठकमा सत्तापक्षकै सांदहरुले बजेटमाथि असन्तुष्ट रहेको बताएका हुन्। नेकपा एकीकृत समाजवादीकी सांसद रमा आलेमगरले सरकारले सबै क्षेत्रलाई समेटेर बजेट नल्याएको भन्दै रोष्टमबाटै असन्तुष्टि जनाइन्।

काठमाडौं क्षेत्र नम्बर १०(ख) बाट निर्वाचित सांसद आलेमगरले यस क्षेत्रमा स्वास्थ्य, खेलकुद तथा प्राकृतिक प्रकोप नियन्त्रणको बिषयमा बजेट नछुट्याइएको भन्दै असन्तुष्टी जनाएकी हुन्।

‘खेल क्षेत्रमा बजेट नछुट्याएको देख्दा म अचम्ममा छु’, उनले भनिन्, ‘भन्न त हामीले स्वास्थ्य जीवन र स्वस्थ्य व्यक्ति नै अब्बल र मुख्य व्यक्ति हो भन्ने गर्छौं। तर बजेटमा स्वास्थ्य क्षेत्र निराशाजनक छ। कुर्सीमा बस्ने र समविकासका कुरालाई ध्यानमै नराखी योजना बनाउने हो भने कुनै विकास हुन्छ जस्तो मलाई लाग्दैन।’

सांसद आलले सत्तापक्षकै मान्छेले सरकारविरुद्ध बोल्यो भनेर चित्त नदुखाउन पनि आग्रह गरिन्। ‘सत्ता पक्षको मान्छे हुँदाहुँदै पनि जब अन्यायमा परिन्छ। अन्याय सहनु भनेको पाप हो भन्ने मैले बुझेको छु, त्यसैले यो अन्यायलाई सदनमा उठ्ठान गर्नुपर्छ भन्ने लागेर यो बिषय रोष्टमबाटै उठ्ठान गरेँ,’ उनले भनिन्।

सत्तापक्षकी सांसद आलेले रोष्टमबाट यस्ता बिषयमा बोलिरहँदा सरकारका विपक्षी दलहरुले टेबल ठोकेर समर्थन गरेका छन्।

प्रतिक्रिया