लायन्स क्लबद्वार मन्दिर परिसर सरसफाई

पालिका डायरी
१६ असार २०८०, २०:५८

थाहानगर / लायन्स क्लब अफ थाहा पिस र लियाे क्लब अफ पिस थाहानगर आयाेजनामा थाहा नगरपालिकाको डाडाँगाऊमा रहेको गाेरखनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको छ ।

लायन्स क्लब बर्ष २०२३/२०२४ को पहिलो कार्यक्रम अन्तरगत मन्दिर सरसफाइ कार्यक्रम आयोजना गरिएको लायन्स क्लब थाहाका सचिब निरज रायमाझीले बताउनुभयो ।

कार्यक्रममा लियाे क्लव अफ पिस थाहानगरका बर्ष २०२२/२०२३ का अध्यक्ष निशा बिष्टकाे अध्यक्षतामा भएकाे थियाे । त्यसैगरी कार्यक्रममा लायन्स क्लब अफ थाहा पिसको बर्ष २०२२/२०२३ का नवनिर्वाचित अध्यक्ष गिता कार्की, काेषाध्यक्ष दिपेन्द्र कुमार थिङ,सदस्य दिपक कार्की तथा लियाे कल्वका पूर्व अध्यक्ष गणेश बिष्ट लियाे २०२३/२०२४ का अध्यक्ष राेशनी गाेपाली, सचिव प्रेरणा खत्री, काेषाध्यक्ष लियाे स्मिता बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया